अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश

माघ २१, २०७७ बुधबार 

– सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको विषयमा विराटनगरको आमसभामा बोलेका विषयमा सात दिनभित्र आफै लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । 

प्रचण्डले विराटनगरको आमसभामा अदालतले केपी ओलीको निरङ्कुश कदमलाई साथ दिएमा लाखौँ नागरिक सडकमा उतार्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो । 

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशलाई पनि अवहेलना मुद्दामा आफै उपस्थित हुन आदेश दिएको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker