त्रिवेणि युवा क्लब द्धारा क्यान्सर पिडित बयकलाई ५८,२३२ रुपैया आर्थिक सहयोग संकलन

२१ माघ २०७७, बुधबार 

अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं २ हिच्मा घर भई रोजगारीको सिलसिलामा भारतको हैदराबाद बस्दै आएका क्यान्सर पिडित रमेश बयकको उपचारका लागि ढकारी गाउपालिका त्रिवेणि युवा क्लबले आर्थिक सहयोग संकलन गरेको छ ।

यतीबेला क्लबले बजार सहीत, विद्यालय, सरकारी कार्यालयबाट आर्थिक संकलन गर्ने कार्य जारी राखेको छ । जसमा आज चौथो दिन ढकारी गाउपलिका वडा नं ६ बाट २०,२३९रुपैया आर्थिक सहयोग संकलन गरिएको छ।

बिगत लामो समयदेखि क्यान्सर रोग लागि थला परेका २७ बर्षिय बयकको हाल भारतको हैदराबादको एआईजि अस्पतालमा उपचार भईरहेको छ। त्रिवेणि युवा क्लबका अध्यक्ष्य भिमेश रिमाल,युवा क्लबका प्रतिनिधि प्रेम रिमाल पहल थापा,र रमला कुमारी थापा को पहलमा ४दिनको अवधिमा ५८ हजार २ सय ३२ रूपैयाँ आर्थिक सहयोग संकलन गरिएको त्रिवेणि युवा क्लबका अध्यक्ष्य भिमेश रिमालले जानकारी दिनुभयो ।

विगत लामो समय देखि क्यान्सर रोग लागि थला परेकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेको अवस्थामा त्रिवेणी युवा क्लबले क्यान्सर पिडित रमेश बचाउ अभियान जारी राखेको छ ।

जसमा आज अष्टशिद्धि मा.वि ढुङगाचाल्ना बाट ५००० हजार, ढकारी गाउपालिका वडा न. ६ का वडा अध्यक्ष्य नरबहादुर बुढा बाट ५१५०,ढकारी गाउपालिका वडा नं ६ का वडा कर्मचारी बाट १०००,ढकारी गाउपालिका वडा नं ६ ढुङगाचाल्ना स्वास्थ चौकि बाट ३५००, कर्ण बहादुर बुढाबाट २०००,ढुङगाचाल्ना बजार गलवाल बजार बाट दानपेटिमा उठेको ३५८९ गरी जम्मा चार दिनको अवधिमा ५८,२३२रकम संकलन गरिएको र अभियान जारी नै रहेकाले अब उक्त रकम छिट्टै नै क्यान्सर पिडित रमेश बयकको खातामा जम्मा गर्ने अध्यक्ष्य रिमालले बताउनु भयो ।

सहयोगका लागि त्रिवेणि युवा क्लब अध्यक्ष्य भिमेश रिमालको सम्पर्क नं ९८४८४०३२७३,हंशराज साउँद को एनएमबि बैंक कैलालिमा रहेको खाता नं ०८७०१४५८१५७०००११ मा सहयोग गरिदिन गरिदिन हुन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button