आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

माघ २४, २०७७ शनिबार 

 – आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ । 

हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाण्डौमा पानी परेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।

यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद् सापकोटाको भनाइ छ । भोलिदेखि मौसम सुधार हुने पनि उहाँले बताउनुभयो । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button