राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

माघ २५, २०७७ आइतबार 

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् ।

खेल दिउँसो १२ बजे एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ भने चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैठाैँ स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका स्याङ्जा खेल्ने छन् ।

यो खेल दिउँसो ३ बजे  हुनेछ । पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा छ भने वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button