आउँदाे बुधवारदेखि फेरि पानी पर्ने सम्भावना

माघ २६, २०७७ सोमबार

काठमाण्डाै – मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् । ग​​एकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

मौसमविद् शाक्यका अनुसार आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएकाे शुक्रवार र शनिवार काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।  

आइतवारदेखि मौसम सुधार भएर गर्मी बढ्न थालेको भए पनि फेरि चिसो बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार आउन लागेको पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै ठाउँमा वर्षा हुनेछ ।  

काठमाण्डाैसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

साेमवार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले बताउनुभयो । मङ्गलवार (भोलि) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button