
माघ, २७ अछाम : सिता एयरलाईन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले आज साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो ।
साँफे धनगढी उडान सचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ । प्रदेश राजधानीसंग सदरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी, अछाम र बैतडीको पाटनमा लगायतका जिल्ला आज उडान सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भषालले बताउनुभयो ।
नागरिक उड्यन प्राधिकरणलाइ उडान परिक्षणको प्रतिबेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भषालले बताउनुभयो ।
सदरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साँफेबगर एयरपोर्ट उडानका लागी सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताउनुभयो ।
अहिले समिट एयरले नियमित रुपमा उडान गरिरहेको छ । समिटले हप्ताको एकदिन आईतवार साफे नेपालगज र बाकीदिन साफे धनगढी उडान गरिरहेको छ ।
नियमित उडानले स्थानीयहरुलाई निकै सहज भएको स्थानीयहरुले बताएका छन् । बसको लामो यात्रा गर्दा हने समस्याबाट छटाकारा मिलेको स्थानीय प्रेमराज जोशीले बताए ।
सुदुरपश्चीमका पहाडी जिल्ला मध्ये अछाममा दुई वटा एयरपोट रहेको छन् । साँफेको एयरपोर्ट सचालनमा रहेको भने कमलबजारमा रहेको एयरपोर्ट सचालनमा आउन सकेको छैन ।