भागरथीको परिवारलाई न्याय दिलाउनका अछामका युवा सडकमा

माघ २७ अछाम

बैतडीकी १७ बर्षिय कीशोरी भागरथी भट्टको परिवारलाई न्याय दे भन्दै अछाम सदरमुकाम मंगलसेनमा युवाले रयाली सहीत कोण सभा गरेका छन । बलात्कारीलाई फासि दे, संविधानमा टासी दे, हत्या हिसा बन्द गर, भागरथी, निर्मला र सम्झना लगाएतका परिवारलाई न्याय दे, विद्यालयमा आउने किशोरीको सुरक्षाको ग्यारेन्टी गर लगाएत लेखिएका पेले कार्ड तथा ब्यानर सहीत मंगलसेनको बजारको सडकमा उत्रिएर सत्य तथ्य छानविन सहीत सार्वजनिकका लागी युवाले बिरोध रयाली मंगलसेन बजारमा निकालेका हुन ।

 नगर युवा संञ्जाल मंगलसेन, मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामको आयोजनामा अछाम बहुमुखी क्याम्पस, बिच बजार, बसपार्क पुगेर रयाली गर्दै खुल्ला मंञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले हरेक छोरीको सुरक्षाको लागी राज्य पक्ष जिम्मेवार बन्नु पर्ने बताउनु भयो । यो घट्नाले पुरै देशभरका युवा सडकमा आएकाले तत्काले सरकारले दोषिलाई सार्वजनिक गरि कानुनी कटाघारामा ल्याउनु पर्ने बताउनु भयो । दिन दिनै महिला जन्य हिसाँ बढदै गएकाले अझै पनी राज्य सयन्त्र जिम्मेवार नबनेको आरोप लगाउनु भयो ।

कार्यक्रम अध्यक्ष मंगलसेन नगर स्तरिय युवा संञ्जालका अध्यक्ष जगत भण्डारीले हरेक एकजना भागरथीको परिवारको लागी नभई यो राज्यलाई दायित्व बोझ गराउन सडक आउनु परेको बताउनु भयो । घटनाको सत्य तथ्य पत्ता लगाई चाडै कारबाही नभए अझै युवा सडकमै आउने बताउनु भयो । कोण सभा कार्यक्रममा नेविसंघका नेतृ लक्ष्मी कुमारी बोगटी, नयाँ युवा नयाँ सोच नेपाल अछामका संयोजक पार्वती बिष्ट, मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामका संचिव अर्जुन जयगढी, दिपा भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संञ्चालन मञ्जु श्री असहाय संरक्षक केन्द्र अछामका संयोजक रिदम बिसिले गर्नु भएको थियो ।

यसैबिच दोगडाकेदार गाउँपालिका ७ चडेपानी घरभै सनातन धर्म माध्यमिक विद्यालय खोचीलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछी हत्या भएको बिषयलाई लिएर अछामका नागरिक संगठनका अगुवाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल अछाममा आबद्ध नागरिक समाज संस्थाले बिज्ञप्ती जारी गर्दै विद्यालयमा अध्ययन गर्न गएकी एउटी किशोरीको बलात्कार पछी विभत्स हत्या हुनुले नागरिकहरुको बाँच्न पाउने मौलिक अधिकारको हनन भएको भन्दै यसको ग्यारेन्टी राज्यले गर्नु पर्ने बताएको छ । प्रहरी प्रशासनले तिब्र गतिमा छानबिन गरी हत्याराको पत्ता लगाई दोषीलाई हदैसम्मको कानूनी कार्वाही गर्न र आम नागरिकहरुको बाच्न पाउने अधिकारको प्रत्याभूति गर्न नागरिक संगठनका सरोकारवालाले सरकारसंग जोडदार माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button