टिम नेपोको पुस्तक परियोजना मार्फत अछाम कारागारमा पुस्तक हस्तान्तरण ।

कमल रावल , माघ २७ अछाम

जिल्ला कारागार अछाममा कैदिबन्दीलाई सहजताका लागी पुस्तकालय हस्तान्तरण सहीत उदघाट्न गरिएको छ । सामाजिक क्षेत्रमा कार्यरत संस्था टिम नेपोको पुस्तक परियोजना मार्फत नेपोको सहयोगमा जिल्ला कारागार अछाममा पुस्तकालय हस्तान्तरण गरिएको हो ।

जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी उपाध्यायले कैदिबन्दी जिवनमा अध्ययनको आवश्यकता ठान्दै सबैले पुस्तकको सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

हरेकले अध्ययन सहीत लेख्ने पुस्तकमा भावना सहीत यर्थाथता झल्कीने भएकाले लेख्ने र अध्ययनको भावना सबैमा हुनु पर्नेमा जोड दिनु भयो । जिवनमा भोग्नु पर्ने कैद थुप्रै तहका हुने भएकाले यसलाई सिमा भित्र रहेर सबैलाई सदुपयोग गर्न आग्रह गर्नु भयो । कारागारका स्थापना भएको पुस्तकालयलाई अझै ब्याबस्थापन गर्दै आफ्नो तर्फ समन्वयको कार्य जारी रहने बताउनु भयो ।

सहयोगी संस्था टिम नेपोका संस्थापक अध्यक्ष डाक्टर  निगम पौडेलले कारागारका कैदिबन्दीको शैक्षिक उन्नती तथा उनिहरुको सामाजिक पुर्नस्थापना गर्ने हेतुले हरेक जिल्लामा पुस्तक हस्तान्तरण गर्दै आएको बताउनु भयो । यसअघि अर्घाखाची, तनहु, स्याङजा, चितवन जिल्लामा हस्तान्तरण गरिसकेकाले अछामको कारागारमा समेत ५ सय २१ थान पुस्तक हस्तान्तरण गरिएको डाक्टर पौडेलले बताउनु भयो ।

उदघाटन कार्यक्रममा पत्रकार कमल रावल, सम्पुर्ण कैदिबन्दीको तर्फबाट धुव्र कुवरले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संञ्चालन जिल्ला कारागारका लेखापाल टेकराज सिजापतीले गर्नु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button