महिला लिगमा वालिङ र आर्मी विजयी

माघ २९, २०७७ बिहिबार

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् । 

यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन ।

बिहीवारको आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई   सात–शून्य गोलले हराएको छ । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई/दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक/एक गोल गरे । यो जितसँगै आर्मीको २२ अङ्क भएको छ । विराटनगर भने १० अङ्कका साथ पाँचौँ स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button