मंगलसेन १२ र १४ का ५३ परिवार लाई राहत वितरण

शंकर थापा, अछाम

मंगलसेन नगरपालिकाले गत भदौ २ गते अविरल वर्षा कारण बालि बगाएका पिडित किसानलाई राहत वितरण अभियानको थालनि गरे संगै दास्रो दिन ५३ घरपरिवारलाई खाद्यान्न स्वरुप चामल वितरण गरेको छ ।

अविरल बर्षाका कारण खेती गोग्य जमिन बगाएका किसानलाई क्षेत्रफलको आधारमा बान्नातोली र कालागाउँमा ५ रोपनि भन्दा कम बगाएका किसानलाई ६० केजि र त्यो भन्दा माथिका किसानलाई ९० केजि चामल हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कैलाशमा आएको बाढीले नगरका थुप्रै वडामा किसानहरुले लगाएको धानसहित पुरै खेत बगरमा परिणत गरेपछि नगरले तथ्याक संकलन गरि राहत वितरणको थालनि गरेको थियो ।

विपद जोखिम न्युनिकरण ब्याबस्थापन समितिका संयोजक एवम मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा गएको टोलिले बान्नातोलीका ५ र कालागाउका ४८ किसान लाई राहत स्वरुप चामल उपलब्ध गराएको छ ।

किसानहरु लाई चामल हस्तान्तरण गर्दै नगर प्रमुख बोहराले किसानलाई क्षतिपुर्ति नभएर पिडित किसानलाई तत्कालका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको बताउनु भयो ।

नगरसँग पिडितका लागि राहत दिन छुट्टै कोष नभएपनि नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार आन्तरिक रुपमा बजेटबाट भएपनि किसानलाई राहत दिएको बताउनु भयो ।

तथ्याक संकलन गरि किसानका खति योग्य जमिन, घट्ट, सिचाई कुला,तटबन्ध लगाएत निर्माण गर्नुपर्ने पुर्बाधारलाई पुन निर्माण सहित क्षतिपुर्तिका लागि सम्बन्धित प्रदेश, केन्द्र सरकारसँग फाईल सहित पठाईसकेको बताउनु भयो ।

नगरप्रमुख बोहराको टोलिले वडा नम्वर १ देखि १४ सम्म कैलाशखोला छेउछाउको सबै खेतको अनुगमन गरि वडा मार्फत नगरमा आएका निवेदनका आधारमा राहत उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।

जिल्ला खाद्य मार्फत चामल खरिद गरेर किसानलाई हस्तान्तरण गरिएको र वडा नम्बर ३ र ४ का किसानलाई भोलि वितरण गरिने विपद जोखिम न्युनिकरण ब्याबस्थापन समितिका संयोजक नरेश बहादुर कठायतले जानकारी दिनु भयो ।

राहत वितरण सहित हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बोहरा सहित वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारि, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, सुचना अधिकारी बिष्णु प्रसाद जैसि, विपद जोखिम न्युनिकरणा ब्याबस्थापन समिति सदस्य सचिव नरेश बहादुर कठायत, सुचना प्रबिधि अधिकृत पौरख कुमार बोगटि, कृषि प्राबिधिक सुरेन्द्र रावल, कृष्ण सुनारको सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker