
माघ २९ अछाम
मंगलसेन नगरपालिका वडा नम्वर १४ कालागाउँमा चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिवीर सञ्चालन गरीएको छ ।
पञ्चपुरी अस्पताल प्रा.लि. बाबियाचौर सुर्खेतको आयोजनामा शिवीर सञ्चालन गरीएको हो ।
पञ्चपुरी अस्पताल प्रा.लि.सुर्खेतका अध्यक्ष कमल कृष्ण पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बिशस्ट अतिथि वडा अध्यक्ष तेज बहादुर भण्डारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी रहनुभएको थियो ।
स्वास्थ्य शिवीर तर्फ ३ सय ५० जना लाई स्वास्थ्य सेवा दिईएको छ । भने १ सय ७३ जना जेष्ट नागरकिहरु लाई न्यानो कपडा र फलफुल वितरण सहित सम्मान गरीएको छ ।
यसैबिच अन्नापुर्णा मा.वि.मा अध्ययनरत १२ जना उत्कृष्ट विद्यार्थिहरु लाई प्रमाण पत्र प्रदान, पञ्चपुरी अस्पताल प्रालि बाट कालागाउँ स्वास्थ्य चौकीका सिनियर अनमी नैना आउजी र महीला स्वास्थ्यस्वमसेविका तर्फ पारु टमट्टा लाई नगद र प्रमाण पत्र प्रदान गर्नुका साथै शिवरी सञ्चालन गर्ने क्रममा सहयोग गर्ने वक्तिहरु लाई पनि प्रमाण पत्रले सम्मान गरीएको बताईएको छ ।

यता मंगलसेन नगरपालिकाको तर्फ बाट पनि अस्पतालका सञ्चालक सिद्धराज रेग्मी सहीतको टीम लाई कदरपत्र र सम्मान गरीएको मंगलसेन नगरदपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले जानकारी दिनुभयो ।
कालागाउँको रोल जन्मघर भई हाल सुर्खेतमा बसोबास गर्दै आएका समाजसेवि तथा पञ्चपुरि अस्पतालका सञ्चालक सिद्धराज रेग्मि र तेज प्रसाद रेग्मिले जन्मभुमि प्रति सद्धभाव देखाउदै शिविरको आयोजना गरेका हुन ।

उनिहरुले शिवर लाई यो बर्ष मात्र नभई आउने बर्षहरुमा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन ।
साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुको पढाईमा सहजता होस भन्ने उदेश्यले ३ लाखको कोष पनि स्थापना गर्ने जानकारी दिएका छन । कार्यक्रमको सञ्चालन जन्मराज रेग्मीले गर्नुभएको थियो ।