माघ ३०, २०७७अछाम ।
अछाममा पहिलो पटक बिजुलिको व्लव अर्थात चिम उत्पादन सुरु भएको छ । जिल्लाको पंञ्चदेवल विनायक नगरपालीका वडा नम्बर २ बिनायक बजारमा बिजुलिका चिम उत्पादन सुरु गरिएको हो । अछाका २ जना युवा व्यावसायी भिम नेपाली र कमल बिकले जिल्लामै पहिलो पटक विजुलीका चिम उत्पादन सुरु गरेका हुन ।
कोरोना भाइरस भाहामारीको मारमा परेका युवाहरुले स्वरोजगार बन्ने उदेश्यले बिजुलिका चिम उत्पादन गर्न थालेको व्यावसायि भिम नेपालीले बताउनुभयो । सुमन हिमानि रिसर्च एण्ड प्रोडक्सन पालि नामक उद्योगबाट उत्पादन हुने बिजुलिका चिम जिल्लाका बिभिन्न बजार क्षेत्रमा बिक्रि बितरण गर्न थालीएको छ । अन्य क्षेत्रबाट जिल्ला भित्रीएका चिमको भन्दा आफुहरुले उत्पादन गर्ने चिमको मुल्य सस्तो र धेरै टिकाउ हुने उहाँ बताउनुहुन्छ ।
चिम उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ सहजै उपलव्ध भए चिम उत्पादन व्यवसायलाइ थप बिस्तार गर्दै अन्य बेरोजगार युवालाइ पनी स्वारोजगार बनाउने लक्ष्य अर्का व्यवसायी कमल बिकको छ । यस क्षेत्रमै पहिलो पटक सुरु गरिएको चिम उत्पादन व्यवसायले आफुहरु सन्तुष्ट् बन्नेमा बिश्वस्त रहेको उहाँको भनाई छ ।
अछामका १० ओटै स्थानिय तहहरुले कोरोना भाइरसको माहमारीको चपेटामा परेका वेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउनु पर्ने युवाहरुको माग गरेका छन् । जिल्लामा यस्तै स्वारोजगार मुलक ब्यावसाय संचालन गर्ने युवाहरुलाइ स्थानिय सरकारको पुर्णरुपमा साथ सहयोग हुने साँफेवगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुंवरले प्रतिबद्धता जनाउनुभयो ।
बेरोजगार युवाहरु गाउमा रोजगार नपाएर भारत दौडिनु पर्ने अबस्थाको अन्त्य गर्न यस्ता स्वारेजगारमुलक व्यावसायले टेवा पुग्ने देखिन्छ । तेसैले सथानीय सरकारले र युवाहरुको सहकार्यमा यस्ता व्यावसाय संचालन गर्नु पर्छ ।