पत्रकार गीता कुवँर केआइसिंह पत्रकारिता पुरस्कारबाट सम्मानित

अछाम : अछाम जिल्लामा एक दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइसिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।

पत्रकारीताको माध्यमाबाट सामाजिक रुपान्त्ररण र पत्रकारिताको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुवँरलाई नगद ११ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

अछाम जिल्लामा रहेर सक्रिय पत्रकारीता मार्फत पुर्याएको योग्दानको कदर गर्दै कुवँरलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष कुवँर अन्नपुर्ण मिडिया नेटवर्क र रेडियो साँफेबगरमा समेत आवद्ध रहेर काम गर्दे आईरहेकी छन् ।

यो पुरुस्कारले आफुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिदैँ कुवँरले आगामी दिनमा समेत यस क्षेत्रमा अझ बढी क्रियाशिल रहने प्रतिबद्धता जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button