ठाटिखाद–गाडेसिमल सडक खण्डको अनुगमन

फागुन, १ अछाम

ठाटिखाद देखि गाडेसिमल सडक खण्डको अनुगमन गरिएको छ ।

मंगलसेन नगरपालिका उप प्रमुख तथा अनुगमन समिती सङ्योजक सरिता उपाध्याय नेतृत्वको टोलिले मर्मत गरिएको सडकको अनुगमन गरेको हो ।

वडा नम्वर ११ अन्तरगत पर्ने सडक निर्माणका लागी नगरपालिका मार्फत साढे ८ लाखको लागतमा ठाटिखाद देखि गाडेसिमल सम्म सडकको मर्मत समग्र अवस्थाको बारेमा टोलिले स्थलगत अनुगमन गरेको थियो ।

सडकको अनुगमन पश्चात् बोल्दै नगर उप प्रमुख उपाध्यायले ग्रामीण क्षेत्रका सडकको कामको बारेमा प्राबिधिकहरुले स्टमेट तयार गरी काम गर्ने भन्दै समग्र सडक मर्मतको अवस्था सन्तोषजनक नभएको बताउनुभयो ।

सडक मर्मतमा जे जति कामहरु गर्नु पर्ने हो, त्यो अनुशारको केही स्थानमा त्यो नभएको भन्दै पहिलो चरणको अनुगमन गरि आएको र अर्को चरणमा सडकको अनुगमन गरिने जानकारी दिनुभयो ।

साथै उहाले उपभोक्ताहरुले दिएको स्टमेट र रकम अनुशार काम गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

लागत र स्टमेट भन्दा बढी काम गर्न परेमा त्यो नगर्न र लगानी अनुशार काम गर्नु पर्ने बताउनुभयो ।

नगर मार्फत सन्चालिन विभिन्न योजनाहरु गुणस्तरीयता, दिगो र टिकाउ हुने गरि योजानाहरुको काम अगाडि बढाएको बताउदै उहाले आफुले पनि अनुगमनको कार्यलाई तिब्रता दिएको बताउनुभयो ।

सडकको स्थलगत अनुगमनमा उपप्रमुख उपाध्याय सहित वडा नम्वर ११ का वडा अध्यक्ष डबल सिँह भण्डारी, नगरपालिकाको बाताबरण तथा सरसफाई शाखाका फोकलप्रसन नरेश बहादुर कठायत, प्राबिधिक सुरेश पाल, सञ्चारकर्मि लगायत स्थानिय उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button