नेपाल रेडक्रस सोसाइटी अछामको २८ औँ जिल्ला सभा सम्पन्न

फागुन, १ अछाम

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले स्थानीय सरकार र रेडक्रस बिच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभएको छ ।

जिल्लाका सबै वडाहरूमा नेपाल रेडक्रस सोसाइटीका उपशाखाहरू रहेपनि शाखा र स्थानीय सरकार बिच तालमेल नमिल्दा रेडक्रसका गतिविधि सुस्ताएको बताउनुभयो ।

रेडक्रस जस्तो मानवीय सेवामा समर्पित संस्थालाई स्थानीय सरकार पनि सहयोग गर्ने भएकाले पलानिङका साथ आउन अनुरोध गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी अछामको २८ औ जिल्ला सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख बोहराले रेडक्रस मानव सेवाको लागि कटिबद्ध भएर कामगर्ने महत्त्वपूर्ण संस्था भएकाले यस संस्थाको मुल्य र मान्यतालाई जोगाउनु पर्नेमा जोड दिदै समाजलाई नैतिकता सिकाउने कुरामापनि उतिकै जोड दिनुपर्ने बताउनुभयो ।

रेडक्रसले स्थानीय सरकार बाट सहयोग भएन भनेर गुनासो गर्नुभन्दा पनि वडा तहबाट बजेटको लागि प्रकृयागत ढंगले आएपछि स्थानीय सरकारलाई पनि बजेट बिनियोजन गर्न सहज हुने उहाँको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसका केन्द्रीय सदस्य बृकेश सिं बोगटीले विभिन्न समस्याका बाबजुद रेडक्रसले मानव सेवाका क्षेत्रमा काम गरिरहेकाले यसका गतिविधिमा थप तिब्रता ल्याउन सबै क्षेत्र बाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल सरकारको सहयोगी संस्थाको रूपमा रेडक्रसले काम गरिरहेकाले भन्दै जिल्लामा संञ्चालन भएका हरेक सामाजिक अभियानमा रेडक्रसको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मंगलसैनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष हर्कराज शर्मा , अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट , पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनाल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र भण्डारी , षोडशा माविका प्रधानाध्यापक देबेन्द्र दुब्बे, गैसस महासंघका सचिव विमला शाही , बिरपत उपशाखा सभापति टोप बहमदुर शाही लगायतले मन्तव्य राख्नुभएको थियोे ।

संस्थाको प्रतिवेदन मन्त्री धुर्ब कुमार शाहीले प्रस्तुत गर्नुभएको थियोे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष टेक बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियोे । जिल्ला शाखा अछामका उपसभापति भिम बहादुर बुढाको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन खडक बहादुर खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button