अछाम आक्रमणको १८ बर्ष पूरा, एक सय २२ को ज्यान गएको थियो

अछाम : अछाम जिल्लालाई आक्रमण गरेको मंगलबार १८ बर्ष पूरा भएको छ । सश-स्त्र द्वन्’द्वका बेला अछाममा भएको यो सबै भन्दा ठूलो आक्रमण हो । २०५८ फागुन ४ गते एकै राती जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो ।

आ’क्रमण पछीको अछाम दरबार । आक्रमणबाट अछामको ऐतिहासिक अछाम दरबार सहित सम्पूर्ण सरकारी कार्यालयहरु ध्वस्त भएका थिए । अछाम दरबार ध्वस्त भएको पनि १८ वर्ष भईसकेको छ । दरबार पुनःनिर्माण सुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य अधुरै रहेको छ ।

दरबारलाई पुरानै स्वरुप दिने उद्धेश्यले पुनःर्निर्माणको काम सुरु भए पनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार अझैँ अधुरो रहेको छ । काठको अभाव देखाउँदै निर्माण कम्पनीद्धारा ढिलासुस्ती गरिरहेको छ ।

ध्वस्त भएको अछाम दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयहरु सञ्चालनमा थिए । तर सदरमुकाम आक्र’मणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालमा रहेको थियो । अछाम आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्रीको पनि ज्यान गएको थियो । आक्रमणमा उनकि पत्नी सहित राष्ट्रिय अनुसन्धानका निरिक्षकको पनि ज्यान गएको थियो । क्याप्टेन सहित तत्कालिन शाही नेपाली सेनाको मंगलसेन गुल्म ध्वस्त हुनुका साथै ५३ जना सेनाले ज्यान गुमाएका थिए ।

मंगलसेनमा भएको घट’नामा ५९ प्रहरी, दुई जना निजामती कर्मचारी र ८ जना सर्वसाधारण गरी एक सय २२ को ज्यान गएको थियो । त्यसै राती साँफेबगरमा पनि आक्रमण भएको थियो । साँफेबगरमा भएको घट’नामा विमानस्थलमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका २७ जना प्रहरीको पनि ज्यान गएको थियो । अछाम आक्रमणसंगै ध्वस्त भएको साँफेबगर विमानस्थल भने सञ्चालनमा आएको छ ।

वरिपरी धेरै सरकारी कार्यालय र बिचमा ऐतिहासिक मंगलसेन दरबार सुन्दरता र सहजता धेरै राम्रो रहेको स्थानीयहरु बताउँछन् । आक्रमणका बेला अछाममा भएभरका सरकारी संरचनाहरु नष्ट, ध्वस्त भए । भयावह तरिकाले मानवीय क्षति भयो, धेरै अछामीले सबै जायजेथा गुमाएका थिए । धेरै अछामीले बैंकमा राखेका नगद र गरगहना सबै माओवादीले लुटे थिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहस–नहस भयो । पहुँच पु¥याउन सक्ने केहीले बैंकमा राखेको नगद र गर–गहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाउन सकेका छैनन् । १८ बर्ष अघिको त्यस रातलाई सम्झँदै मंगलसेन बासी अहिले पनि भक्कानिन्छन् ।

कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घट’नाबाट सुरु भए । अछाम आक्र’मण नै अछाम र अछामीको प्रगतिको लागि प्रमुख बाधक बनेको नेकपाका नेता प्रकाश शाहले बताए ।घट’ना पछि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा महत्व राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्ला बाहिर गएकाले जिल्लाको सम्वृद्धि पछाडी धकेलिएको शाहको बुझाई छ ।

२०५८ साल फागुन ४ गते राती सबै सुतेका बेला करिब ११ बजे तिर अछाम दरबार, सदरमुकाम मंगलसेन र प्रमुख व्यपारीक केन्द्र साँफेबगरमा आक्र’मण भयो । राती सुतेका बेला बम र बारुदका आवाजले बाचिँदैन जस्तो लाग्थ्यो रात भरि नसुतेरै रात काटेको स्थानीय नर बहादुर रावल अहिले पनि बिर्सनु भएको छैन । ‘जो आवाज आई रहेको थियो त्यसले अब बाचिँदैकी भन्ने लाग्थ्यो’, रावलले भने – पछिल्लो विहान हेर्दा बजार लगायत अन्य ठाउँमा ला’सहरु देखिन्थे । सरकारी संरचना नष्ट, ध्वस्त भए । भ’याभह तरिकाले मा’नवीय क्ष’ति भयो, धेरै अछामीले सबै जायजेथा गुमाउन बाध्य भए । त्यो दिन नै अछामीका लागि कालो दिन सावित भयो । त्यो संगै धेरै अछामीले बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटे थिए । नागरिकसंग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहस–नहस भयो । अछाम आक्र’मणका कारण हजारौँ नागरिकले दुःख पाएको रावलले बताए ।

२०६५ सालमा दुई वर्ष भित्र काम सक्ने गरि ठेक्का सम्झौता भएको दरबारको ११ बर्ष वितिसक्दा समेत निर्माण कार्य सम्पन्न नहुनु दुःखको कुरा भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बताउछन् ।’ बोहराका अनुसार ‘निर्माण कम्पनीले काठ नपाएको बाहानामा काम ढिलाई गरिरहेको छ । ‘काम गर्ने निर्माण कम्पनीलाई आफूसंग कारबाही गर्ने अधिकार नभएको र सम्बन्धित निकायले यस्ता भौतिक निर्मााका काममा ढिलाई गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नु पर्छ ।’

सरकारले द्ध’न्दकालमा ध्वस्त भएका यस्ता विभिन्न संरचनाहरु निर्माण गर्ने नीति बनायो । यो संगै अछाम दरबारको पनि पहले जस्तै थियो त्यस्तै बनाउने योजना अनुरुप ठेक्का भएको राष्ट्रियसभा सदस्य शेर बहादुर कुँवरले बताउछन् । ‘निर्माण कम्पनी, स्थानीय जनप्रतिनीधि र जिल्ला प्रशासन कार्यालय अछामको रोहबरमा बारम्बार विभिन्न पटक कामलाई निरन्तरता दिन पहल गरियो, तर दरबारको निर्माण कार्य अघि बढ्न सकेन ।’ तोकिएको समयमा दरबारको निर्माण कार्य हुन नसक्नु दुःखको कुरा भएको कुँवरले उल्लेख गरे ।

अछाम आक्र’मणमा ध्वस्त भएको दरबार राजेन्द्र साउँद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँचवटा निर्माण कम्पनीले दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । जिल्लाका अन्य सरकारी कार्यालय पुनःनिर्माणमा तोकिएको समय सीमा नाघेमा जिल्ला पुनःर्निर्माण समितिले निर्माण व्यवसायीलाई हर्जना तिराए पनि दरबार राष्ट्रिय महत्वको क्षेत्र भएकाले हालसम्म हर्जना तिराइएको छैन । पुरानै संरचना अनुसार दरबार निर्माण गर्नु पर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलब्ध नहुने भएकाले दरबार निर्माणको काम ढिलो भएको निर्माणको जिम्मा लिएका साउँद कन्स्ट्रक्सनका सञ्चालक जय बहादुर साउँद बताउछन।

जिल्लाबाट ठूलो परिणाममा बर्षेनी सालको काठ जिल्ला बाहिर निकासी भइरहे पनि दरबारका लागि काठ उपलब्ध नभएको भन्ने निर्माण व्यवसायीको जवाफ प्रति विश्वस्त हुने ठाउँ भने छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ सालमा निर्माण सम्बन्धि सम्पूर्ण फाइल लिएर अनुसन्धान गरिरहेको छ ।

अछाम सदरमुकाम ध्वस्त भएपछि जिल्ला वषौँ पछाडि धकेलिएको छ । अछाम दरबार झन्डै डेढ सय वर्ष अघि मंगलसेनका तत्कालिन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उहाँका छोरा दल बहादुर शाहको पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको हो भन्ने इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्र बहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको ईतिहास छ ।

योगेन्द्र बहादुरका भाइ तपेन्द्र बहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार विक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीन तले दरबारमा ३० कोठा रहेका थिए । २०१८ सालमा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker