अनाथ किशोरीलाई नगरपालिकाद्धारा राहत प्रदान

होम साउद, अछाम ४ फागुन

मंगलसेन नगरपालिका वडानम्वर ७ की एक किशोरीलाइ मंगलसेन नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ ।

आमाबुवा दुबै नभएकी अनाथ तथा सुस्त मनस्थितीकी गोमा बिकलाइ नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको हो ।

वडा सदस्य सावी दमाइको संरक्षणमा रहेकी बिकलाइ नगरपालिकाको तर्फबाट ३० केजी चामल, २ केजी दाल,  १ लिटर तेल, १ केजी नुन, एक थान कम्वल, सल र एक जोर जुत्ता राहत स्वरुप उपलब्ध गराईएको छ ।

बुवाआमाको मृत्यूपछी अनाथ बनेकी बिक गाउँमा बेवारिसे रहेको अवस्थामा आफुले रेखदेख र संरक्षण दिईरहेको वडा सदस्य दमाइले बताउनुभयो ।

राहत वितरण गर्दै नगरप्रमुख बोहराले असहाय, दिनदुःखी र गरिबको साथमा मंगलसेन नगरपालिका रहेको बताउनुभयो ।

राहत बितरणका क्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडानम्वर ३ का अध्यक्ष पदमसिंह भाट, महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महत, नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशी, महिला अधिकारकर्मी लक्ष्मी सोप लगायतको उपस्थिति रहेको नगरपालिकाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button