गाउँपालिका अध्यक्ष वोहरा नेतृत्वमा निर्माणाधीन पुलको अनुगमन

अछाम : जिल्लाको मेल्लेख गाँउपालिका अध्यक्ष लोकबहादुर वोहरा नेतृत्वको एक टोलीद्धारा बुढीगंगा हाईडोपावर निमार्ण स्थलमा निमार्ण भइरहेको पुलको अनुगमन निरिक्षण गरेको छ ।

मेल्लेख गाउँपालिकालाई जोड्न फास्ट ट्रयाकको रुपमा मानिएको ठाठी हात्तीकोट मेल्लेख सडकलाई तत्काल सुचारु गर्नको लागी होम पाईपको सहायताले अस्थायी काठको पुल निमार्ण समेत गर्न लागिएको अध्यक्ष वोहराले वताए ।

आजवाट काम सुरु गरेर दुई तीन दिनमा काम सक्ने लक्ष्य लिइएको उनको भनाई छ ।

पुल निमार्णको काम भईरहदा गाडी आवतजावतको असहजताले हात्तीकोट र कुस्कोटका जनतालाई सास्ती भोग्न नपरोस भनेर अस्थायी पुल निमाण गरिएको उपाध्यक्ष धनवहादुर शाहीले् वताए ।

अनुगमन निरिक्षणमा गाउपालिका अध्यक्ष वोहरा, उपाध्याक्ष शाही सहित नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पत्रकार लालवहादुर चदारा लगाएतको सहभाभगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button