मंगलसेन नगरपालिकामा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रमको समिक्षा

होम साउद, अछाम : समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन सम्वन्धि समिक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापनका विविध विषयमा छलफल गरिएको हो ।

समिक्षाका क्रममा नगरभीत्रका १७ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले ६ महिनाको अवधिमा भएगरेका क्रियाकलापको समिक्षा सहित तथ्यंकको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमबाट आगामी दिनहरुमा बालरोगको ब्यवस्थापन सम्वन्धी अभिलेख र प्रतिवेदन चुस्त दुरुस्त बनाउने कुरामा सबै सहभागीले प्रतिबद्धता ब्यक्त गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना लगायतका अतिथि रहनुभएको थियो ।

नगरको स्वास्थ्य शाखाका प्रमुख मान बहादुर सोडारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सिनियर अहेव चन्द्र ढुंगानाले गर्नुभएको नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker