अछाममा एक कैदी महिलाको कैद सजाय माफी

टेकराज भण्डारी, फागुन ७, अछाम


अछाममा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक जनालाई कैद माफी गरिएको छ । बाजुरा गौमुल गाउँपालिका वडा नम्बर २ घर भई जिल्ला कारागार अछाममा कैद सजाय भोगिरहेकी करिब २८ बर्षिया कल्पना कुमारी बमकाे कैद मिनाहा गरिएको हो ।

५ बर्ष कैद सजाय फैसला भई जेल जीवन बिताईरहेकी बमले २ बर्ष १० महिना ४ दिन कैद भुक्तान गरीसकेको र बाँकी कैद माफी भएको जिल्ला कारागार अछामका सुचना अधिकारी प्रमोद बाघले जनाकारी दिनुभयो ।
कर्तव्य ज्यान र गर्भपतन मुद्धामा जेल सजाय पाउनुभएकी बमको बाँकी रहेको २ बर्ष १ महिना २६ दिन कैद सजाय मिनाह भएको उहाँले बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा असल चालचलन भएका र आधा कैद सजाय भोगिसकेकालाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट बाँकी कैद सजाय माफी भएको सुचना अधिकारी बाघले जानकारी दिनुभयो । सूचना अधिकारी बाघका अनुसार ८५ जना कैदीबन्दी रहेकाे जिल्ला कारागारमा अब ८४ जना कैदीबन्दी रहेका छन् । ३ जना अाश्रित बालबालिका सहित ६९ जना पुरूष र १२ जना महिला कैदीबन्दी रहेका छन् । १२ जना महिला मध्ये ५ जना थुनुवा र ७ जना कैदी रहेका छन् ।

दिवसको अवसरमा सरकारले ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी हुन् ।

सरकारले ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिईएको छ भने हालसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका एक सय ७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button