उपप्रमुख उपाध्यायको टोलीद्धारा वडानम्वर १० र ११ मा बिभिन्न योजनाको अनुगमन

होम साउद, अछाम ९ फागुन ।

मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय सहितको एक टोलिले वडानम्वर १० र ११ मा बिभिन्न योजनाको अनुगमन गरेको छ । टोलिले वडानम्वर १० मा कैलाशेश्वर आधारभूत विद्यालय र मंगलाशैनी आधारभूत विद्यालयको निर्माण सम्पन्न भएको घेरापर्खालहरु र ११ नम्वर वडा कार्यालयको भवन मर्मत कार्यको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ३ वटै योजनाको काम सन्तोषजनक रहेको पाईएको छ । अनुगमन पश्चात नगर उपप्रमुख उपाध्यायले उपभेक्ता समिति पदाधिकारीलाई तोकिएको मापदण्ड अनुसार दीगो र भरपर्दो हुने गरि योजना सम्पन्न गर्न निर्देशन गर्नुभयो ।

अनुगमन ६लिमा वडानम्वर १० का अध्यक्ष नेत्र बहादुर रावल, ११ का अध्यक्ष डबल बहादुर भण्डारी, नगरपालिकाका एमआईएस अपरेटर होम बहादुर साउद, पत्रकार शिवराज ढुंगाना र वडा प्राविधिक नारायण रेग्मीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button