अछाममा वन डढेलो नियन्त्रण सम्बन्धी पत्रकार संग अन्तरक्रिया

कमल रावल, फागनु १० अछाम

गर्मी महीना सुरुभएसंगै वनमा लाग्ने डढेलो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका सहीत पत्रकारसँगको छलफल मंगलसेनमा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय अछामको आयोजनामा भएको छलफलमा समग्र जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियती तथा निजी वनको अबस्थाका बिषयमा पत्रकारलाई जानकारी गराईएको थियो ।

छलफल सम्पुर्ण पत्रकारलाई डिभिजन वन कार्यालय मार्फत भएका कामको बारेमा जानकारी गराउदै डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले सिमीत कर्मचारी भएपनी जिल्लामा थुप्रै कार्य भईरहेको बताउनु भयो ।

देश संघियतामा गएसँगै कर्मचारीको अभाब हुदै गएकाले कर्मचारीलाई भन्नु भन्दा पनी स्वयम उपभोक्ता जिम्मेवार भई संरक्षणमा लागे वनको संरक्षण गर्न सकिने बताउनु भयो ।

समुदाय स्तरमा भएका हरेक किसीमका वनको जिम्मा स्थानिय सरकारलाई दिईएकाले कुनै पनी हिसाबमा स्थानिय सरकार पञ्छिन नमिल्ने बताउनु भयो । कर्मचारीको स्तरबाट वन जोगाउन आफ्नो जहीले पनी सहयोग रहने बताउदै उपभोक्तालाई जगाउने कार्यमा स्थानिय सरकार लाग्न आग्रह गर्नु भयो ।

गर्मी महीना सुरु भएकाले वनमा लाग्ने डढेलो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका अग्रणी भएकाले सहयोग गरिदिन उहाँले आग्रह गर्नु भयो ।

डढेलो नियन्त्रणका प्रत्येक घरका सदस्य उत्तिकै जिम्मेवारी हुने भएकाले वन जोगाउन सबैले कर्तव्य पालना गरिदिन आग्रह गर्नु भयो । उपभोक्ता सजग सचेत भए मात्र कर्मचारी सक्रिय हुने भएकाले सहयोग आवश्यक परे स्थानीय सरकार डिभिजन वनमा सम्पर्क गर्न भट्टराईले आग्रह गर्नु भयो ।

डिभिजन वन कार्यालय अछामको प्रागणमा भएको पत्रकारसँगको छलफलमा सम्पुर्ण पत्रकारको सहभागीता रहेको थियो । छलफल कार्यक्रमको संञ्चालन वन अधिकृत तथा सुचना अधिकारी विमल चन्दले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button