मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई बृहत् पोषण प्याकेज सम्वन्धि क्षमता अभिबृद्दि तालिम संचालन ।।

होम साउद, अछाम १२ फागुन ।

स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण प्याकेज सम्वन्धि ७ दिने क्षमता अभिबृद्दि तालिम मंगलसेन नगरपालिकामा सुरु भएको छ । मंगलसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण सम्वन्धि बृहत् विषयबस्तुको एकीकृत प्याकेज, पोषण सम्वन्धि व्यवहार सुधार र कुपोषण ब्यवस्थापनका लागि क्षमता विकास गर्ने मुख्य उदेश्य सहित तालिम सञ्चालन गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारिको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा नगर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नगरप्रमु बोहराले तालिमबाट बढिभन्दा बढि ज्ञानमुलक कुराहरु सिकेर जनताको सेवा गर्न सहभागी स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । स्वास्थ्य र पोषणको समग्र अवस्था सुधारको सबै जिम्मेवारी स्वास्थ्यकर्मीको हातमा रहेको उहाँको भनाइ थियो ।

गर प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि

नगरपालिकालाईनै पोषण र स्वास्थ्यमा अब्बल एवं नमुना नगर बनाउनका लागि सबै स्वास्थ्यकर्मी र सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा नगरप्रमुख बोहराको जोड थियो । फागुन १८ गतेसम्म सञ्चालन हुने तालिममा नगरपालिका भीत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र बिद्यालय नर्सिङ कार्यकर्ताको सहभागीता रहेको छ ।

नगर उपप्रमुख सरिता उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको तालिम उदघाटन कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेव चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको नगरपालिकाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो ।

नगर उपप्रमुख सरिता उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button