
प्रतिलिपि अधिकार कार्यान्वयन तथा सुधार सम्बन्धी गोष्ठि सम्पन्न
विक्रम परियार, फागनु १४ अछाम
प्रतिलिपि अधिकार सम्बन्धी कार्यान्वयनको अबस्था र सुधारका क्षेत्रहरु तथा श्रष्ट्राले प्राप्त गर्ने रोयल्टी बिषयक १ दिने गोष्ठि मंगलसेनमा सम्पन्न भएको छ ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बिष्णु कुमारी भट्टराईको अध्यक्षतामा भएको गोष्ठिमा प्रतिलिपि अधिकारको क्षेत्र, संरक्षणको अबस्था, रायल्टी संकलन सम्बन्धी ब्याबस्थ, कानुन कार्यान्वयन तथा समस्या चुनौतीको बिषयमा सहभागीलाई रजिस्ट्रार बिष्णु कुमारी भट्टराईले कार्यपत्र सहीत जानकारी गराउनु भएको थियो ।
श्रष्ट्रा, सर्जक र रचियताको मौलिक र बौद्धिक ज्ञान जहीले पनी प्रतिलिपी सहीत चोरी हुने गरेकाले यसको कार्यान्वयनका लागी ग्रामिण स्तरसम्म पुग्नु पर्नेमा जोड दिनु भयो ।
मंगलसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले प्रतिलिपि गरेमा कानुन लाग्ने मुलुकी ऐन २०२२ सालदेखि भएपनी कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।
हरेक ब्यक्तिलाई यसको बारेमा जानकारी नभएकाले सबैले यसको प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो ।
आफ्नो लागी समेत नयाँ भएको बताउदै अछाम जिल्लामा पनी गित संगीतको क्षेत्र जहीले पनी चोरी हुने भएकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमको आवश्यकता रही रहने बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्लामा यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनु भयो ।
अछामका थुप्रै रचनामा मौलीकता रहेकाले कसैले पनी प्रतिलिपि नगर्न पाओस भन्ने उद्देश्यका साथ समेत कार्यक्रम गरिएको बताउनु भयो ।
बौद्धिक सर्कलको ब्यक्ति जानकार भएकाले यसको प्रचारप्रसार सहीत नागरिकलाई सचेतना जगाउने कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एँव प्रतिनीधी, पत्रकारको सहभागीता रहेको थियो ।
गोष्ठिको संचालन रजिस्ट्रार कार्यालयका शाखा अधिकृत शिव कुमार अधिकारीले गर्नु भएको हो ।