संगठनको हित विपरित हुने आपत्तिजनक कार्य नगर्न प्रेस संगठन अछामको चेतावनी

अछाम । प्रेस संगठन नेपाल केपी समुह जिल्ला कमिटी अछामले आफ्नो संगठन आदिकारिक रहेको दाबी गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय कमिटीले यस अघि नै गठन गरेको संगठन आदिकारिक रहेको दाबी गरेको हो ।

यसअघि संगठनका संयोजक रहेका नरेन्द्र रावललाई पदमुक्त गरिएको हालका संयोजक कृष्ण बुढा र सहसंयोजक टेकबहादुर थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केही व्यक्तीले संगठनमा आँच आउने कार्य गरेको भन्दै प्रेस संगठनको मर्म, आन्दोलन तथा आसन्न पत्रकार महासंघको चुनावमा असर हुने गरि गरिएको गतिविधीले संगठनमा असर पुग्ने ठहर गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

संगठनको हित विपरित समानान्तर गतिविधि गर्ने कार्य आपत्तिजनक भएको भन्दै यस्ता भम्रमा नर्पन विज्ञप्ती मार्फत अपिल गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button