अछाममा छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

 अछामको साँफेबगरको एक विद्यालय अध्ययनरत छात्रालाई यौन दुर्व्यवहारगरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका एक जना शिक्षक लाई इलाका प्रहरी कार्यालय ठाँटीले पक्राउ हो । 

इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावकसंग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ ।

शिक्षक शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा एक किशोरी लाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए । 

आज बिहान स्कुल खोल्ने बित्तिकै बिद्यार्थीले तालाबन्दी गरेर अहिले नाराबाजी गरिरहेका सोही बिद्यायलयका शिक्षक लक्ष्मी प्रसाद जोशीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker