
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
फागुन १७, २०७७ सोमबार

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो
गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।