रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी बुढालाई

फागुन, १८ अछाम

अछाम : रेडियो रामारोशनको कार्यकारी निर्देशकको जिम्मेवारी कृष्ण बुढालाई दिईएको छ । नवगठित सुदूर संचार समाज नेपाल अछामको पहिलो बैठकले बुढालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

रेडियोमा लेखा प्रमुखको जिम्मेवारीमा रहेका बुढालाई कार्यसम्पादन र समयावधीको आधारमा मुल्यांकन गरी कार्यकारी निर्देशकको जिम्मेवारी दिएको संचालक समिति सुदूर संचार समाज नेपालका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले सुदूरआजलाई जानकारी दिए ।

यस्तै कार्यसमितिको बैकठले रेडियोमा बजार व्यावस्थापन प्रमुख टंकप्रसाद रिमाललाई समेत संचालन प्रमुखको जिम्मेवारी दिएको छ । रिमालले बजारब्यवस्थापन प्रमुखमा रहँदा गरेको कामलाई मुल्यांकन गर्दै संचालन प्रमुखमा बढुवा गरिएको अध्यक्ष तिमिल्सैनाले बताए ।

अछामका पुराना पत्रकार बुढा रेडियो रामारोशनको ब्यवस्थापन तथा स्टशेनमा स्थापनाकाल देखि सक्रिय र कार्यरत छन् संचालन (अप्रेसन) प्रमुखमा नियुक्त रिमाल पनि लामो समयदेखि रेडियो रामारोशनमा आवद्ध छन । बुढा र रिमाल दुबै जना अछामको ढकारी गाविसका स्थायी वासिन्दा हुन । यसैबीच प्रधान सम्पादकमा टेक राज भण्डारी लाइ नियुक्त गरेको छ ।

निवर्तमान अध्यक्ष कुँवरको नेतृत्वमा सल्लाहकार समिति चयन

सुदूर संचार समाजको पहिलो बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ । समाजले निवर्तमान अध्यक्ष एकिन्द्र कुमार कुँवरको नेतृत्वमा सात सदसीय सल्लाहकार समिति चयन गरेको छ ।

समितिमा पूर्व संचालक समिति अध्यक्ष पदम राज अधिकारी, पूर्व कार्यकारी निर्देशक सि. बी. साउद, फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवर, समाजसेवी भक्तकला ढकाल, समाजसेवी लक्ष्मी बोगटी र हरिनगर बजार ब्यवस्थापन समिति ठूलासैनका अध्यक्ष हेमराज भण्डारीलाई समेत सल्लाहकारमा चयन गरेको हो ।

यसैगरी सुदूर संचार समाज नेपालमा लामो समय देखि सक्रिय तथा रेडियोमा समेत स्टेशन म्यानेजर भएर काम गरेका मंगलसैन नगरपालिका ६ का वडा अध्यक्ष जनकराज भण्डारी र रेडियो रामारोशन, अछामका समाचार प्रमुख कमलकुमार रावललाई समेत समाजको कार्य समितिमा मनोनीत गरेको संस्थाका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button