
टेकराज भण्डारी, फागुन २०, अछाम
अछामकी एक महिलाको भारतको हैदरावादमा करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली घर भई हाल भारत हैदरावादमा रोजगारी गर्दै आउनु भएका २१ बर्षकी जानकी बोगटीको करेन्ट लागेर ज्यान गएको हो ।

बुधबार साँझ बिल्डिङको बाहिर बरण्डामा सुकाउन लगाएका लुगा निकाल्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर ज्यान गएको उहाँका श्रीमान तिल बहादुर बोगटीले बताउनु भयो । भारत हैदरावादको बोईन पल्ली भन्ने ठाउँमा जानकी श्रीमान सहित बस्दै आउनु भएको थियो । अछामको कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैन माईती घर भएकी जानकीको करिब २ बर्ष पहिले बिवाह भएको थियो ।
२ बर्षदेखि नै भारत बस्दै आएकी जानकीको एउटा छोरी समेत रहेकी उहाँका ससुरा प्रेम बहादुर बोगटीले जानकारी दिनुभयो । घटना पछि भारतीय प्रहरीले घटनाबारे आवश्यक जानकारी समेत लिएको श्रीमान तिल बहादुरले बताउनु भयो ।