कञ्चनपुरमा तस्कर र प्रहरीबीचको दोहोरो भिडन्तमा मारिएका युवकको पहिचान खुल्यो

२०७७ फाल्गुन २१ 

धनगढीः कञ्चनपुरमा तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तका क्रममा मारिएका भारतीय युवकको पहिचान खुलेको छ। बिहीबार जिल्लाको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि बेलौरी पुगेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले मृतक सिंहसहितका केही भारतीयले नेपालतर्फ सामान तस्करी गरिरहेको अवस्थामा गोली चलेको बताए।  गस्तीमा खटिएका प्रहरीमाथि तस्करले गोली चलाएपछि फायर खोल्नुपरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बिहीबार साँझ करिब साढे ६ बजेतिर उक्त घटना भएको थियो। अहिले मृतकको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।शुक्रबार सबै कानूनी प्रक्रिया सकेर शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button