दोस्रो चरणमा सुरु हुने कोरोना विरुद्धको खोप अभियानको जानकारी

होम साउद अछाम २१ फागुन
दोस्रो चरणमा सुरु हुने कोभिड १९ कोरोनाभाईरस बिरुद्धको खोपको बारेमा सरोकारवालाहरुसंगको अन्तरक्र्रिया कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको अन्तरक्र्रियामा कोभिड १९ कोरोनाभाईरस बिरुद्धको दोस्रो चरणको कोभिसिल्ड खोप अभियान बारे जानकारी गराईनुका साथै खोपको प्रभावकारीता, खोपको प्रयोग बिधि, हुनसक्ने सम्भावित असर लगायतका विषयमा छलफल गरिएको थियो ।

यस्तै खोप अभियानमा स्वास्थ्यकर्मी परिचालन, स्वंसेवक छनोट र परिचालन, अभियान बारे सूचना र प्रचारप्रसार, पालिका तथा वडा स्तरीय खोप समन्वय समितिको भूमिकाका बारेमा पनि सहभागीलाई जानकारी गराईएको छ ।

अछाममा रामारोशन, तुर्माखाद र ढकारि गाउँपालिका तथा कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकामा यहि फागुन २३ गतेबाट पहिलो चरणमा ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने र बाँकी ५ पालिकामा दोस्रो चरणमा खोप अभियान संचालन गरिने जिल्ला स्तरमा निर्णय भएको छ ।

नगर स्तरीय खोप समन्वय समिति संयोजक समेत रहनु भएका नगर प्रमुख बोहराले कोरोना भाईरसका बारेमा सबै जानकार रहेको भन्दै खोप अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला जिम्मेवार भएर कोभिसिल्ड खोप अभियानलाई सफल बनाउनु पर्ने उहाँले बताउनु भयो ।

अरु नियमित खोप जस्तै कोभिसिल्ड खोप अभियानलाई पनि सबैको सहभागीतामा सफल बनाउनु पर्ने बोहराको भनाइ छ । अन्तरक्र्रियामा नगर उप प्रमुख सरिता उपाध्याय सहित सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सरोकारवालाको सहभागीता रहेको थियो ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारी, र सुआहारा कार्यक्रमका लोक बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेब चन्द्र ढुंगानाले गर्नु भएको एम आई एस अपरेटर होम साउदले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker