कमल रावल ,फागुन २१ अछाम
अछामका कोरोना प्रभावित तथा विदेशबाट फर्किएका २ सय ९८ जना युवाले कृषि तथा पशु ब्याबसाय गर्न अनुदान पाउने भएका छन । सुुदुरपश्चिम प्रदेश सरकारको भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कोरोना प्रभावित तथा विदेशबाट फर्किएकाहरुका लागी युवा लक्षित कार्यक्रम अन्तरगत अछामका २ सय ९८ जना युवाले १ करोड ९ लाख २९ हजार रकम अनुदान पाउने भएका हुन ।
गत असोज महिनामा जारी गरिएको सुचना अनुसार पशुपालन तर्फ २ सय ६७ जना र कृषि ब्याबसाय तर्फ ३१ जना छनोट भएका छन । पशुपालन तर्फ छनोट भएका २ सय ६७ जना युवाका लागी ९९ लाख ९९ हजार र कृषि तर्फ ३१ जनाका लागी ९ लाख ३० हजार गरि जम्मा १ करोड ९ लाख २९ हजार रकम युवाले अनुदान स्वरुप प्रदेश सरकारबाट चाडै पाउने भएका छन ।
भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामबाट भदौको तेस्रो साता पहीलो चरणमा निवदेन पेशका लागी सुचना जारी गर्दा अछामका झण्डै ७ हजार १ सय ६८ युवाले आवदेन दिएकोमा दोस्रो चरणमा आवश्यक वडाको सिफारिस, क्वारेन्टाईन वा कोरोना संक्रमित भए नभएको कागजपत्र सहीत आउन सुचना जारी गरिएपछी ५ सय ७१ जनाले आवदेश पेश गरेका मध्ये २ सय ६७ जनालाई छनोट गरिएको हो ।
जसमा भैसिँपालनका लागी ५४ हजार, बाख्रापालनका लागी ३६ हजार र माछापालनका लागी २८ हजार ५ सय आर्थिक रकम पाउने गरि २ सय ६७ टनोट भईसकेका भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका सुचना अधिकारी बाल्मीकी प्रसाद जोशिले बताउनु भयो ।
छनोट भएका सबैको नाममा जिल्लाबाट कार्यान्वयन हुने गरि बजेट आईसकेकाले चाडै प्रत्येक युवालाई सम्झौता सहीत अनुदान रकम प्रदान गरिने जोशिले बताउनु भयो ।
कृषि ज्ञान केन्द्र अछामबाट पहीलो चरणको निवेदनका लागी सुचना जारी गर्दा ९ सय ५६ जना युवाले आवेदन दर्ता गराएपनी आवश्यक कागजपत्र सहीत पेश गर्न सुचना जारी गर्दा ५६ जनाले मात्रै आवदेन दिएपछी जसमा ३१ जना छनोट भएका कृषि ज्ञान केन्द्र अछामका सुचना अधिकारी राम सिंह बोहराले बताउनु भयो ।
कोरोनाबाट थुप्रै युवा प्रभावित भएपनी अछाममा कृषि ब्याबसाय तिर थोरै मात्रामा युवाले निवेदन पेश गरेका बोहराले बताउनु भयो । १० स्थानिय तहका २० जना तरकारी खेती, ६ जना मौरीपालन, ३ जना च्याउ खेती र २ जना फलफुल खेत गर्न छनोट भएकाले प्रत्येकलाई ३० हजारका दरले जम्मा ९ लाख ३० हजार आर्थिक रकम अनुदान स्वरुप चाडै प्रदान गरिने बोहराले जानकारी दिनु भयो ।