अछामका ५ स्थानिय तहका ३७ हजार बढि नागरिकलाई दोस्रो चरणमा कोभिड–१९ रोग विरुद्धको खोप लगाईदै

कमल रावल, फागुन २२ अछाम
कोभिड–१९ रोग विरुद्धको दोस्रो चरणमा संञ्चालन हुने खोप अभियानको बारेमा जिल्ला स्तरिय अभिमुखिकरण तथा अन्तरक्र्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । फागुन २३ गते भोलीबाट देशभर तथा अछाम जिल्लामा समुदाय स्तरमा संञ्चालन हुने खोप अभियानमा सबैको सहभागिता बढाउनका लागी जिल्ला स्तरिय खोप समन्वय समितीलाई जिम्मेवार बनाई सहयोगका लागी अन्तरक्र्रिया गरिएको हो ।

जिल्ला खोप समन्वय समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी सरोकारवाला तथा संञ्चारकर्मिले दोस्रो चरणको खोप अभियानमा सबैलाई सहभागी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । समुदाय स्तरमा कोरोना रोग विरुद्धको खोपको अविश्वास हटाउदै ५५ बर्ष भन्दा उमेर समुहका सबैलाई खोल लगाउन आग्रह सहीत सहयोग गर्ने बताएका हुन ।

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मल्लले जिल्लामा पहीलो चरणमा समेत खोप अभियान सफल भएकाले दोस्रो चरणमा समेत सफल हुने बताउनु भयो । गतबर्ष नेपालमा कोरोनाभाईरसको संक्रमण तथा जोखीमका बेला संञ्चारकर्मिको योगदान महत्वपुर्ण भएकाले अब समुदाय स्तरमा संञ्चालन हुने खोप अभियानलाई समेत सहयोग गरिदिन सबैलाई आग्रह गर्नु भयो । अभियान संञ्चालनका लागी जिल्लाको स्वास्थ्यकर्मिको टोलिले निकै चुस्तका साथ खटिरहेकाले सुरक्षा निकायको तर्फबाट समेत सक्दो सहयोग रहने बताउनु भयो ।



कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराउदै स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुगाँनाले अहीले दोस्रो चरणमा जिल्लाका ५ वटा स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्थामा ५५ बर्ष भन्दा माथि उमेर समुहका नागरिकलाई खोप दिईने बताउनु भयो । यस अघि हरेक जिम्मेवार निकायका ब्यक्तिले पहीलो चरणमा खोप लगाएकाले अब समुदाय स्तरको अभियानलाई सफल पार्न सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

सकेसम्म कुनै पनी खोपको डोज खरे नजाने गरि अभियान संञ्चालन भएको जानकारी गराउदै फागुन २३ गतेबाट संञ्चालन हुने ६ देखि ९ दिनसम्म जारी रहने बताउनु भयो । यसअघि संञ्चालन भएको खोप अभियानमा झण्डै ८५ प्रतिशतलाई खोप लगाउन सफल भएकोले दोस्रो चरणमा समेत लक्ष्य अनुसार सफल हुने गरि अभियान थालिएको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले दोस्रो चरणको अभियान अन्तरगत यतिबेला जिल्लाका ५ स्थानिय तहमा अभियान भोलीबाट सुरु हुने बताउनु भयो । ति ५ स्थानिय तहमा ५५ बर्ष उमेर माथिका झण्डै ३७ हजार बढीलाई कोरोना रोग विरुद्धको खोप लगाईने बताउनु भयो । यतिबेला १४ हजार डोज आएकाले ५ स्थानिय तहलाई पुग्ने र अर्को लोडमा फेरी खोप आउने बित्तिकै बाँकी ५ स्थानिय तहमा चाँडै खोप अभियान संञ्चालन हुने बताउनु भयो ।

अभिमुखिकरण तथा अन्तरक्र्रिया कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल, उद्योग वाणिज्य संघ अछामका महासचिव बम बहादुर रावल, सम्पुर्ण संञ्चारकर्मिको तर्फबाट पत्रकार कमल रावलले प्रतिबद्धता सहीतको मन्तव्य राख्नु भएको थियो । स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button