दार्चुलामा जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ४ घाईते

२०७७ फाल्गुन २२ 

धनगढीः दार्चुलामा जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन। दार्चुला प्रहरीका अनुसार लेकम गाउँपालिका वडा नम्बर ६ उच्चाकोटमा ग १ च १६९३ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा सोहि वडाका ३८ वर्षिय करन नाथ, शैलेशिखर नगरपालिका वडा नम्बर ८ का ७० वर्षीया सोनादेवी पन्त र सोहि  वडाका ४० वर्षिय पदमराज पन्तको मृत्यु भएको छ। 

१२ वर्षिय मुकेश पन्त, ७ वर्षिय बसन्त पन्त, ७० वर्षीया गंगादेवी पन्त र ७२ वर्षिय बुदिबल्ल पन्त घाइते भएका छन। उनीहरुको गोकुले अस्पपतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरपप्रसाद भट्टले बताए। 
गोकुलेश्वरबाट लेकम जाँदैे गरेको जीप दुर्घटनामा परेकोे हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button