पहाडका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने

फागुन २३, २०७७ आइतबार

पहाडका केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा र वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

अहिले पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भइरहेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button