अछाम जेसिजद्वारा प्रमुख जिल्ला अधिकारी मल्ललाई स्वागत

टेकराज भण्डारी, फागुन २३, अछाम
अछाम जेसिजले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको छ । हालै सरुवा भएर अछामको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका रुद्र बहादुर मल्ललाई अछाम जेसिजले स्वागत गरेको हो । अछाम जेसिजको टोलीले प्रमुख जिल्ला अधिकारी मल्ललाई स्वागत सहित अछाम जेसिजको गतिविधिको बारेमा जानकारी गराईएको हो ।

अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मल्ललाई खादा लगाई स्वागत गरेको थियो । अछाम जेसिजको निवर्तमान अध्यक्ष तुलाराम बिसीले अछाममा सन् २०१३ देखि अछाम जेसिजले काम गर्दै आईरहेको र विभिन्न सामाजिक काम गर्दै युवाहरुको नेतृत्व विकासमा समर्पित रहेको जानकारी गराउनु भयो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी मल्लले सामाजिक क्षेत्रमा निस्वार्थ तथा स्वयंसेवी रुपमा काम गरिरहेको जेसिजले स्वागत गर्दा खुसी लागेको भन्दै जेसिजका असल कार्यमा आफ्नो साथ रहने उल्लेख गर्नुभयो । उहाँले जेसिजको मर्म अनुसार काम गर्न आग्रह गर्दै असल काममा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाका विभिन्न सवाललाई जेसिजले अगाडी बढाउन सक्ने भन्दै सबैको प्रयासबाट सभ्य समाजको निर्माण गर्न सकिने बताउनु भयो । अछाम जेसिजका कार्यकारीणी उपाध्यक्ष हरिशचन्द्र रावल, सिद्धराज ढुंगाना, महासचिव टेकराज भण्डारी, रिदम बिसी लगायतको टोलीले स्वागत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button