श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक अन्तरक्रिया

शंकर थापा ,फागुन २३ अछाम

१ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार“ भन्ने मुल नाराका साथ नगरका दलित महिलाहरु संग अन्तरक्रिया तथा छलफल गरिएको हो ।

दलित महिला संजालका उपाध्यक्ष सकुन्तला आउजीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नगर–उप प्रमुख सरिता उपाध्याय रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उपाध्यायले अन्यायमा परेका महिलाहरु लाई न्याय दिलाउनका लागि आफू र नगर सरकार सधैं साथमा रहेको उल्लेख गर्नुभयो ।

हरेक हिंसाहरु लाई सहेर आफ्नो पीडा लुकाई बस्न नहुने भन्दै खुलेर वडा र नगरको न्यायीक समितमा आएर आफ्ना गुनासा र पीडा राख्नका लागी आग्रह गर्नुभयो ।

उहाले श्रमिक बर्गका महिलाहरुका लागि नगरले सधै प्राथमिकता दिने गरेको जानकारी गराउनु भयो । अहिले नगरका हरेक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएकाले आबेदन दिन आग्रह गर्दै स्वरोजगार बनाउनका लागि सकृय रुपमा नगरले पहल गर्ने बताउनुभयो ।

महिलाहरु लाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरेकाले आफ्नो अधिकारको निर्धक्कका साथ सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ४ का अध्यक्ष पदम सिह धामी रहनुभएको थियो । कार्यक्रममा सहभागी नगरका दलित श्रमिक महिलाहरुले आफुहरु यो अवस्था सम्म पनि चुलोचौकोमा मात्र सिमित हुनुपरेको गुनासो गरेका थिए ।

बिगतका दिनहरु जस्तै वडा तथा अन्य निकाय बाट आउने विभिन्न अवसरमा पनि सहभागी नगराईएको भन्दै आफ्ना अधिकारहरु बाट बन्चित हुनुपरेको बताएका थिए । साथै उनिहरुले हरेक दिन भारी बोकि, ज्यालादारी काम गरि, सडकमा गिट्टी कुटेर दैनिक गुजारा चलाउनु पर्ने अवस्था भएकाले नगर तथा वडा सरकारले पनि श्रमिक महिलाहरु लाई नहेरेको गुनासो गरेका थिए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि आफुहरु लाई स्थानी नदिएको भन्दै आउने दिनमा समानुपातिक सहभागिता रहनेमा बिश्वास व्यक्त गरेका थिए । समाजमा अहिले पनि समान खालको काम गर्दा पनि ज्यालाको हिसाबमा बिभेद हुने गरेको कुरा उल्लेख गर्दै काम अनुशारको ज्यालादिलाई दिनका लागि नगर र महिला अधिकारकर्मीहरु संग मागे समेत गरेका छन ।

कार्यक्रममा ईन्सेकका प्रतिनिधि शिबराज ढुंगानाले अछाम जिल्लामा महिला हिंसा समन्धी भएका र घटेका घटनाको बारेमा सहभागी लाई जानकारी गराउनु भएको थियो ।

दलित महिला संघको आयोजना, मंगलसेन नगरपालिकाको सहकार्य र woman kind world wide को आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको संचालन परियोजना संयोजक लक्ष्मी शोबले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका महिला अधिकारकर्मी, वडा नम्बर ३, ४ र ५ का महिलाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button