समुदाय प्रहरी साझेदारी कार्यक्रमको समिक्षा सहीत सरोकारवालासँग छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न ।।

कमल रावल फागुन २४ अछाम
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरोकारवालासँग छलफल तथा अन्तरक्र्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले २०७५ साल कात्तिक ११ गते देशभर सहीत अछाम जिल्लामा संञ्चालन भएको समुदाय प्रहरी साझदारी कार्यक्रमको समिक्षा सहीत आगामी दिनमा समाजमा गर्नु पर्ने कामको बारेमा छलफल सहीत अन्तरक्र्रिया गरिएको थियो ।

जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी बोहराले हरेक समाजमा अब नैतिक शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

प्रविधिको बिकाससँगै शिक्षिक बन्दै गएपनी विसंगती विकृती बढदै गएकाले यसको न्युनिकरणका लागी आगामी दिनमा योजना सहीत अघि बढनु पर्ने बताउनु भयो । सार्वजनिक स्थल, विद्यालय लगाएतका सरकारी क्षेत्रमा प्रहरीले अझै प्रभाबकारी रुपमा कार्यक्रम गर्दै जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा सबै नगरप्रमुखको तर्फबाट साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, गाउपालिका अध्यक्षको तर्फबाट चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउद, प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले सुझाब सहीतको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सुदुरपश्चिम भरि प्रहरीको तर्फबाट भएका अपराध नियन्त्रण र कारणको बारेमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदीले र जिल्लामा कानुन कार्यान्वयनको अबस्थाको बारेमा सरकारी वकील कार्यालयका प्रमुख शिरोमणी पराजुलीले जानकारी गराउनु भएको थियो ।

जनप्रतिनीधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधी, महिला अधिकारकर्मि, पत्रकारको सहभागीता रहेको कार्यक्रमको संञ्चालन जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि तुलसीराम अर्यालले गर्नु भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button