अपराधको कारक तत्व समाजमै छः डीआइजी सुवेदी ।

कमल रावल फागुन २४ अछाम
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले अपराधको कारक तत्व समाजमै जरा गाडेर बसिरहेको बताउनु भएको छ । समाजमा घटने बलत्कार सहीत महिला माथि हुने अपराध जन्य घट्ना समाजमै घटिरहेकाले अपराधको कारक तत्व जरा गाडेर नफाले सम्म समुन्नत समाज निर्माण हुन नसक्ने बताउनु भयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरोकारवालासँग अन्तरक्र्रिया गर्दै सुदुरपश्चिम भ्रमणमा निस्केका डिआईजी सुवेदीले सदरमुकाम मंगलसेनमा भएको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै समाज घटने अपराधिक घटनामा टाढाको ब्यक्ति नभई घर परिवार, जनिकको आफन्त जिनजानको ब्यक्ति नै संग्लन भएको बताउनु भयो ।

पछिल्लो समयमा सामुहीक रुपमा हुने गुन्डागर्दी सहीत अपराध नियन्त्रण आईसकेकाले अब आफ्नै घरभित्र तथा आफन्तबाट हुने घट्ना नियन्त्रणका लागी सबै जिम्मेवार बन्नुपर्ने बताउनु भयो । पछिल्लो समयमा घट्ना बाहीर आईरहेकाले अब एकले अर्कालाई दोष थुपार्नु भन्दा पनी सबै एकमत भएर अघि बढनु पर्ने बताउनु भयो ।


एक अर्को प्रसंगमा बोल्दै डीआइजी सुवेदीले निर्मला पन्त र भागरथी भट्टको घट्नाको स्मरण गर्दै घट्नाका दोषि कानुनी दायरामा ल्याउनका लागी जनताको साथको आवश्यकता रहेको बताउनु भयो । हरेक घट्नामा सुक्ष्म तरिकाले आफ्नो प्रहरी प्रशासन लागीरहेकाले जनतालाई सहयोग गर्न आग्रह गर्नु भयो ।

वैतडीकी कीशोरी भागरथी भट्ट घट्नामा संग्लन ब्यक्तिलाई कानुनी दायरामा ल्याउन नागरिकको ठुलो सहयोग भएकाले अब छिट्टै निर्मलाका हत्यारा अनुसन्धानपछि कानूनीमा दायरमा ल्याइने बताउनु भएको छ । यतिबेला अनुसन्धानको क्रममा थुप्रै ठाउबाट सुचना प्राप्त भईरहेकाले अनुसन्धानको प्रक्रिया चलिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button