एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

फागुन २५, २०७७ मंगलबार

काठमाण्डाै – २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker