
अछामका अधिकांस बजार क्षेत्रका ठाउँहरू दुर्गन्धित बन्दै ।
निराजन भण्डारी ,फागुन २५ अछाम
अछामका अधिकांस बजार क्षेत्रका ठाउँहरु दुर्गन्धित बन्दै गएका छन।पछिल्लो समयमा बिभिन्न रोगको जोखिम बढ्दै गइरहेको बेला अछामका बजार क्षेत्र दुर्गन्धित बन्दै गएको पाइएको छ ।अछामको कमलबजार नगरपालिकाको वडा नं ६ रहेको स्याउले खांद बजारको अवस्था पनि निकै नाजुक रहेको पाइएको छ । बजार क्षेत्रका बिभिन्न ठाउँमा फोहोर जथाभावी छरिएको पागइएको छ ।

बजार क्षेत्र दुर्गन्धित भइरहेको अबस्थामा पनि बजार ब्याबस्थापन समितिले बजारको सरसफाईमा चासो नदेखाएको स्थानीय बासीले गुनासो गरेको छन । बजार क्षेत्रको दुर्गन्धितले गॅदा बिभिन्न रोगले आक्रमण गनॅ सक्ने जोखिम बढेको स्थानीय बासीहरुको भनाइ रहेको छ । बजारको फोहोर मैला ब्याबस्थापन गॅन स्थानियहरुले जोड दिएका छन् ।
यता वडा अध्यक्ष राम बहादुर शाहाले बजारमा ब्याबस्थापन गॅने जिम्मेवारी बजार ब्याबस्थापन समितिको भ्एको बताउनु भएको छ ।साथै उहाँले आफ्नो क्षेत्रको सरसफाई गॅन स्थानीय नागरिक नै अग्रसर हुनुपर्ने जोड दिनु भएको छ ।

यस्तै बजारमा ब्याबस्थापन समितिका अध्यक्ष भानु ढकालले बजारमा व्यावसाय गॅदै आउनु भएका व्यापारीले नै सरसफाई गॅन चासो नदेखाउने गरेको बताउनु भएको छ ।साथै उहाँले बजार ब्याबस्थापन समिति को बैठक बोलाएर छिट्टै बजारको सरसफाई गॅने प्रतिबद्धता जनाउनु भएको छ