अछामका ५ स्थानिय तहमा काेराेना विरुद्धको खोप अभियान जारी

कमल रावल ,फागुन २५ अछाम

कोभिड–१९ रोग विरुद्धको दोस्रो चरणमा संञ्चालन भईरहेको खोप अभियान अछामका ५ स्थानिय तहमा फागुन २३ गतेबाट निरन्तर चलिरहेको छ ।

अभियान अन्तरगत जिल्लाका ५ स्थानिय तह पंञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउपालिका, तुर्माखाद गाउपालिका र रामारोशन गाउपालिकाका विभिन्न वडाका स्वास्थ्य संस्थामा खोप अभियान चलिरहेको छ ।

५५ बर्ष भन्दा माथि उमेर समुहका नागरिकलाई दिईने खोप अभियानमा हरेक खोपकेन्द्रमा नागरिकको उत्साहजन रुपमा सहभागिता रहेको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुगाँनाले बताउनु भयो ।

३ दिनको अवधिमा ५ स्थानिय तहका झण्डै १० हजार ५५ बर्ष भन्दा नागरिकलाई खोप लगाईएको बताउनु भयो ।

५५ बर्षका नागरिक सबै गाउमै नहुने र कतिपय भारत तथा अन्य जिल्लामा हुने भएकाले १५ हजार नागरिकलाई खोप दिने लक्ष्य राखिएतापनी ७० प्रतिशत नागरिक खोपको पहुचमा आउने ढुगाँनाले बताउनु भयो ।

यतिबेला १४ हजार डोज आएकाले ५ स्थानिय तहलाई पुग्ने र अर्को लोडमा फेरी खोप आउने बित्तिकै बाँकी ५ स्थानिय तहमा चाँडै खोप अभियान संञ्चालन हुने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button