भागरथी हत्याका अभियुक्त लाई बाल सुधारगृह पठाइयो

फाल्गुन २६ धनगढी : भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई पुर्पक्षका लागि पठाउन अदालतले आदेश दिएको छ।

गत माघ २२ गते मृत भेटिएकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–७ का उनका भाइ नाता पर्ने प्रहरीको शब्दमा १८ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले अभियुक्तलाई कारागार चलान गर्न आदेश दिएपनि उनी नाबालक भएका कारण बाल सुधार गृह दिपायलमा राख्न भनेको हो।

अदालतको आदेशअनुसार अभियुक्तलाई बाल सुधार गृह दिपायल पठाइएको बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटनाको झल्को दिनेगरि भएको सो घटनाको अनुसन्धान सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानीरिक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएर गरेका थिए।

अभियुक्त भट्टलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। उनले प्रहरी समक्ष पनि आफूले नै बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button