अछाम बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको टोलीद्वारा पूर्व भ्रमण, क्यूएए प्राप्तिको चरणमा


टेकराज भण्डारी, फागुन २७, अछाम

अछाम बहुमुखी क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्यूएए० प्राप्तिको लागि विश्वविद्यालय अनुदान आयोगको टोलीले पूर्व तयारी भ्रमण गरी प्रतिवेदन क्याम्पसलाई बुझाएको छ । अयोगका पूर्व अनुगमन संयोजक प्राध्यापक डाक्टर बालमुकुन्द भण्डारीको नेतृत्वमा आएको आएको टोलीले क्याम्पसका सरोकारवालासंगको टोलीसंग विस्तृत अन्तर्क्रिया गरि क्यूएए प्राप्तिका लागि भएका प्रयास र थप सुधार गर्नुपर्ने कार्यका बारेमा प्रतिवेदन तयार गरेको हो ।


आज समापन कार्यक्रममा प्राध्यापक डाक्टर भण्डारीले अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति, विद्यार्थी, अध्यापक, कर्मचारी, सरोकारवालासंग आयोगले तयार पारेको सुचकका आधारमा अध्ययन गरि प्रतिवेदन तयार पारेको हो । क्यूएए प्राप्तिका लागि अछाम बहुमुखी क्याम्पस तयारीमा रहेको छ । देशभरका क्यूएए प्राप्तिका लागि ९० क्याम्पस मध्येको अछाम बहुमुखी क्याम्पस पनि एक हो ।
नेपाल सरकारले विश्ववैंकको सहयोगमा गुणस्तर सुनिश्चित भएको क्याम्पस निर्माणका लागि सञ्चालन गरेको उच्च शिक्षा सुधार परियोजना अन्तर्गत अछाम बहुमुखी क्याम्पस क्यूएए मान्यता प्राप्तिका लागि विगत ५ बर्षदेखि लागिरहेको छ ।

प्राध्यापक डाक्टर भण्डारीले विभिन्न सूचक तथा भौतिक, आर्थिक तथा शैक्षिक पक्षको मसिनो विश्लेषण गरी क्यूएए मान्यता दिने र मान्यता प्राप्त भएपछि आयोगले थप सुधारका लागि पहल गर्ने, अनुदान समेत दिन सक्ने बताउनु भयो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले क्याम्पसको स्तरबृद्धिका लागि विभिन्न पहल भएका र जसको फलस्वरुप अहिलेको अवस्थामा पुगेको भन्दै प्रतिवेदनमा उल्लेख भएका सुधारका कार्य गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । विगतमा विभिन्न समस्याका बाबजुद क्याम्पसको भौतिक अवस्थामा सुधार ल्याएको र क्यूएए प्राप्तिको चरणमा पु¥याएको बताउनु भयो । टोलिमा संलग्न विश्वविद्यालय अनुदान आयोग क्यूएए विभागका संयोजक ममता प्रजापतिले आफू ७ बर्ष पहिले पनि क्याम्पसमा आएको र अहिलेको अवस्था हेर्दा निकै खुसी लागेको बताउनु भयो । भौतिक रुपमा क्याम्पसले आवश्यक उपलब्धि हाँसिल गरेको भन्दै अन्य सुधारका कुरा पनि सकारात्मक रहेको बताउनु भयो । यसपछि अन्तिम चरणमा विश्वविद्यालय अनुदान आयोगको टोली विदेशी विज्ञ सहित आउने र त्यसले थप विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्ने बताउनु भयो । पहाडी क्षेत्रमा क्याम्पसको यो अवस्था हुनु निकै खुसीको र श्रहानीय कुरा भएको उहाँको भनाइ छ ।

क्याम्पस प्रमुख छत्र बहादुर विष्टले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि तथा अन्य व्यवस्थापनमा प्रतिवेदनमा उल्लेख भएका कार्य गरि क्यूएए मान्यता पाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । सहायक क्याम्पस प्रमुख तथा क्यूएए सम्पर्क व्यक्ति ध्रुव कुमार शाहीले क्याम्पसको अवस्था विगतको भन्दा निकै सुधार भएको बताउनु भयो । क्यम्पसमा भौतिक सुधार, शैक्षिक सुधार तथा नीतिगत सुधारमा समेत उल्लेखनीय सफलता प्राप्त भएको बताउनु भयो ।

कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्याम्पसमा हाल ७ सय ८९ सय विद्यार्थी अध्ययनरत छन् ।

आयोगको टोलीले क्याम्पस सञ्चालक समिति, विद्यार्थी, अध्यापक, कर्मचारी लगायतसंग छुट्टाछुट्टै जानकारी लिई आवश्यक सुधारका लागि सुझाव समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button