
अछाम चौरपाटीका युवाको दैलेखको खोलामा डुबेर ज्यान गयो
फागुन २७ अछाम
दैलेखको सदरमुकाम नारायण नगरपालिका–११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीवार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । डुबेर ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका लुङग्राका २१ वर्षीय वीरेन्द्र भुल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठकाअनुसार भुल मध्यपहाडी लोगमार्गमा मजदूरी गर्दै आएका थिए । भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी दैलेख जिल्ला अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।