युवा व्यवसायीको पहलमा विनायकमा चप्पल उद्योग स्थापना


तपेन्द्र धामी, फागुन २८ अछाम
पञ्चदेवल विनायक नगरपालिकामा युवा व्यवसायीको पहलमा चप्पल उद्योग स्थापना भएको छ । नगरपालिकाको मुख्य व्यापारिक केन्द्र विनायकमा स्थापित रुइन चप्पल उद्योगको एक कार्यक्रमका बिच ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग सेवा केन्द्र अछाम शाखा प्रमुख ब्रह्माकुमारी कविताले उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रममा विशिष्ट अतिथि पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउने रहनु भएको थियो । नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारी र कृषि शाखा प्रमुख महाजित विक सञ्चालक रहेको उद्योग स्थापनाको मुख्य उद्देश्य स्थानीय स्तरमा सुलभ ढंगमा वस्तु उत्पादन गर्नु र रोजगारी सिर्जना गर्नु रहेको बताइएको छ ।

कार्यक्रममा उद्योगबाट चप्पल उत्पादन हुने प्रक्रियाबारे उत्पादन कर्मचारी चन्द्रप्रसाद अधिकारी र धर्मराज अधिकारीबाट नमुना प्रदर्शन गरिएको थियोे । हाल उद्योगमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएको र आगामी दिनमा सोभन्दा बढी संख्यामा रोजगारी सिर्जना गर्ने सञ्चालक अधिकारीले बताउनुभयो ।

अछामका बजारहरुदेखि दैलेख र कालीकोटसम्म पनि सेवाक्षेत्र समेटी उद्योगको बजार विस्तार गर्ने लक्ष्य लिइएको सञ्चालक विकले बताउनु भयो । कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी, उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवीको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button