ओली र नेपालकाे ४ महिना पछी भेटघाट हुदै


चैत २ काठमाडौं
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो ।

गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो ।

दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानसमेत ओलीले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker