बैद्यनाथ धाम पर्यटन विकास तथा व्यबस्थापन समितिको अध्यक्षमा खड्का


कमल रावल, चैत ४ अछाम
बैद्यनाथ धाम पर्यटन विकास तथा व्यबस्थापन समिति अछामको अध्यक्षमा खड्ग बहादुर खड्का नियुक्त हुनु भएको छ । सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत ४ बर्षको लागि चौपाटी गाउपालिका वडा नम्बर लुग्रा निवासी समाजसेवी तथा अधिवक्ता खड्का सहीत अन्य ७ जना सदस्य नियुक्त भएका हुन ।

अध्यक्ष खड्का सहीत सदस्यमा नृप बहादुर कुवर, शंकर मान बोहरा, सुरत भुल, एशोदा केसी, दुर्गा रावल कुवर, हिक्मत खड्का र गणेश नाथ योगी सदस्य पदमा नियुक्त हुनु भएको छ ।

अध्यक्ष सहीत अन्य नियक्त सदस्यहरू

अध्यक्ष नियुक्त भईसकेपछी अध्यक्ष खड्काले बैद्यनाथ क्षेत्रको संरक्षण, सम्बद्र्धन सहीत प्रचारप्रसारका लागी आफ्नो समीतीको योगदान रहने बताउनु भयो । नेपालकै ४ धाम मध्येको एक धाम भएकाले पर्यटन संग सम्बन्धित बिज्ञ तथा बैद्यनाथ क्षेत्रका जानकारसँग छलफल गर्दै आगामी दिनमा अघि बढने बताउनु भयो ।

यसका लागी चाडै बैठक गरेर साफेबगर नगरपालिका प्रमुख, चौरपाटी गाउपालिकाका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई सदस्य थप्दै भावी योजना तय गरेर अघि बढने जानकारी दिनु भयो । सुदुरपश्चिममा पर्यटनको हिसाबमा बैद्यनाथलाई उच्च स्थानमा पुरयाउनको लागी आफ्नो समितीले सहयोग सहीत निरन्तर योगदान गर्दै अघि बढने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker