२४ सदस्यीय एमाले संसदीय बाेर्डमा झलनाथ खनाल र माधव नेपालसमेत मनाेनित

  चैत ५, २०७७ बिहिबार १६:९:२७ | उज्यालो सहकर्मीFacebookTwitterViberEmailPrintFriendlyShare

unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीकाे संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने संसदीय बोर्डमा नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटिएको छ । 

त्यसैगरी सदस्यमा सुमन प्याकुरेल, विमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेको सांसद तामाङले जानकारी दिनुभयो । 

त्यस्तै बैठकले नेकपा एमालेको संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको उहाँको भनाइ छ ।

संसदीय दलको अर्को बैठक चैत ७ गते बोलाइएको सांसद तामाङले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button