
अछाम : अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसैन नगरपालिका वडा नं ९ वलिगाउँ डाँडामा जिप दुर्घटनामा परेको हो ।
मंगलसैन बाट कालागाउ तर्फ गैरहेकाे से १ ज ११२२ नम्बरको जीव मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाँउ डाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा परि ३ जना सामान्य घाइते भएका दुर्घटना स्थलमा रहेका पत्रकार नरेन्द्र रावलले बताए ।